Logo मंगलवार, श्रावण १२ गते २०८३
images

असोज १ देखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने सरकारकाे निर्णय

असोज १ देखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने सरकारकाे निर्णय

  • 7.7K
    SHARES

  • असोज १ देखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने सरकारकाे निर्णय

    बुटवल,भदौ १५- 

    सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए । 

    यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए ।

    विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गरिने :

    सरकारले विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । यसअघि सरकारले दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने गरेकोमा अब ८०० जनासम्मको उद्धार गर्ने निर्णय गरेको हो । विदेशमा रहेका नेपालीको उद्धार नियमित र चार्टर फ्लाइटमार्फत पर्यटन मन्त्रालयले आवश्यकताअनुसार गर्नेछ । 

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेशनको उपलब्धताको आधारमा दैनिक ८०० जना नबढ्ने गरी चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । 


    धेरै निकायबीच समन्वय गर्न पर्दा समन्वयको अभावमा केही अन्योल भएको भन्दै उनले अहिले मन्त्रालयलाई नै पूर्ण जिम्मेवारी दिइएको बताए । 
    यस्तै सरकारले गैरआवासीय नेपाली एनआरएनएलाई नेपाल आउन दिने भएको छ । विदेशी नागरिकता लिएका एनआरएनएहरुले नेपाल आउन नपाएको भन्दै गुनासो गर्दै आएका थिए । कूटनीतिक नियोगका सिफारिसमा नेपाल आउनै पर्ने  अवस्थाका गैरआवासीय नेपालीलाई नेपाल आउन दिने निर्णय भएको खतिवडाले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology