Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा कांग्रेसको जीत

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा कांग्रेसको जीत

  • 2.1K
    SHARES

  • रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा कांग्रेसको जीत

    बुटवल,जेठ ५ ।

    रुपन्देहीको सियारी गाउँपालिका अध्यक्षर उपाध्यक्ष दुबै पदमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा थानेश्वर घिमिरे एमालेका अयोध्या थारु भन्दा २ हजार ७ सय ७७ बढी मतले विजयी भएका हुन् ।

    उपाध्यक्षमा तारा थारु निर्वाचित भएकी छन । २०७४ को चुनावमा दुबै पद एमालेले जितेको थियो । घिमिरेले १० हजार ४५ मत ल्याएर निर्वाचित हुंदा निकटतम प्रतिस्पर्धी एमालेका अयोध्या थारुले ७ हजार २ सय ६८ मत प्राप्त गरे । थारु गाउपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

    उपाध्यक्षमा निर्वाचित ताराले निकटतम प्रतिस्पर्धी एमालेकी अमृता गुरुङ भन्दा १ हजार ७ सय २१ बढी मत प्राप्त गरेर विजयी भएकी हुन् । थारुले ८ हजार ९ सय ९० मत पाउंदा गुरुङले ७ हजार २ सय ६९ मत प्राप्त गरिन् । गुरुङ पनि निर्वतमान उपाध्यक्ष हुन् ।

    ७ वटा वडा रहेको सियारीको वडा नम्बर १ मा राप्रपाका अरुण कुमार शाही, २ मा नेकपा एमालेका जनार्दन यादव, ३ मा कांग्रेसका रामचन्द्र कुर्मी , ४ मा कांग्रेसकै श्रीराम यादव अहिर, ५ मा पनि कांग्रेसका धनपति खरेल, ६ मा एमालेका शेरबहादुर गुरुङ र ७ मा कांग्रेसकै दिपक बहादुर शाही निर्वाचित भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology