बुटवल ,जेठ ५ ।
रुपन्देहीको एकमात्र उपमहानगर बुटवलमा नेपाली काँग्रेसले फराकिलो मतान्तर बनाएको छ । स्थानीय तह निर्वाचनको जारी मतगणनामा बुटवलका प्रमुख पदका उम्मेदवार कांग्रेस नेता खेलराज पाण्डेयले मतान्तरलाई फराकिलो बनाएका छन् ।
बुटवल मेयर मत परिणाम बिहिबार ( बेलुका ७ : ३० बजे )
खेलराज पाण्डेय ( रूख ) २२,७७२
बाबुराम भट्टराई (सूर्य)१६,५२०
काँग्रेसका खेलराज पाण्डेयले २२ हजार ७७२ र नेकपा एमालेका बाबुराम भट्टराई १६ हजार ५२० पाउनुभएको छ । काँग्रेस एमालेको मतान्तर मतान्तर ६ हजार २५२ पुगेको छ । उपप्रमुखमा एमालेकी सावित्रा अर्यालको अग्रता छ ।
यहाँ १०,१४,१९ र १८ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो । त्यस्तैगरी २ मा समाजवादी, ३ मा माओवादी केन्द्र ४, ५, ६, ७, १५, १६ र १७ मा काँग्रेसले जितेको छ ।
१९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ७,१०,१४ १५, १६, १७, १८ र १९ को नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं ८,९,११ र को मतगणना जारी छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)