बुटवल,जेठ ५ ।
सुस्ता गाँउपालिकामा अध्यक्षमा कांग्रेस बिजयी भएको छ । रुखका उम्मेदवार टेकनारायण उपाध्याय ६२७० मत ल्याएर बिजयी भए । उपाध्याय २७२ मतान्तर सहित बिजयी भए । एमालेका रामप्रसाद पाण्डे पराजित भए ।
उपाध्यक्षममा पनि कांग्रेस बिजयी भएको छ । उपाध्यक्षमा गीता चौधरीले ६६०५ मत पाएर बिजयी भइन् । ५९९८ रुख पाएको रुखले ६२१ मतान्तर कायम गर्दै जितेको हो । एमालेबाट इन्द्रकुमारी थरुनी सूर्यबाट भिडका थिए । वडा न २ र ३ सूर्य त्यस्तै वडा न १,४ र ५ मा कांग्रेसका उम्मेदवार बिजयी भएको सुस्ताबाट नागरिक अनलाइन सहकर्मी धुर्वशरण ढुंगानाले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)