बुटवल,कार्तिक ६-
लामो समयदेखि दुबै मृगौला पिडित बनेका प्युठानका प्रकास बिक्रम जिसीलाई आर्थिक सहयोग गरिएको छ । कपिलबस्तुको बाणगंगामा डेरामा बस्दै आएका उनलाई अमेरिकाबाट मनोज कार्कीले पठाएको ७३ हजार ७ सय ५६ रुपैया रकम आज हस्तान्तरण गरिएको हो ।
नेपाली हट ग्रुप टिकटकको अभियानमा कार्कीले हातेमालो गरेर सो रकम सहयोग गरेका थिए ।
सो टिकटक ग्रुपका अन्तराष्ट्रिय होस्ट प्युठानका डिल्लीराज पराजुली, हट ग्रुपका सल्लाहकार बोम बहादुर परियार , भुवन सिंह , पत्रकार एल बि थापा,पदम सुबेदी , ग्रुपका सदस्य सुगम रिजाल ,पदम खनाल लगायतको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको ग्रुपका अन्तराष्ट्रिय होस्ट डिल्लीराज पराजुलीले नागरिक अनलाइनलाइ जानकारी दिए ।
पिडीत प्रकाशका साना साना एक छोरा र एक छोरी र श्रीमती रहेका छन । सो रकमले जिसीलाइ थोरै भएपनि राहत महशुस भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)