बुटवल,जेठ ४ ।
बुटवलको कालिकानगरमा भएको मोटरसाइकल दुर्घटनामा परि एक युवाको मृत्यु भएको छ । गुल्मी रुरुक्षेत्र १ स्यालपाेखरी पिपलमुनी घर भइ बुटवलमा बस्दै आएका ४० बर्षीय बसन्त ज्ञवालीको घटनास्थलमै ज्यान गएको हो ।
उनी बुटवलको कालिकाचोक नजिकै बुटवलबाट लु ७९ प ९१६०नम्बरको आफ्नै माेटरसाईकलमा योगिकुटीतिर जादै गर्दै सडकको बांयातर्फ रेहेको रेलिङमा ठोक्किएर सडकमा पछारिएका थिए । दुर्घटना लगत्तै उनलाइ बुटवल प्रहरीले लुम्बिनी प्रादेशीक अस्पताल पुर्याएको हो । उनको दुर्घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।
उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशीक अस्पताल राखिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)