बुटवल,जेठ ४ ।
बुटवलको मिलनचोकमा २८ बैसाखमा प्रेसकुकर बम विष्फोट गराउने तीनजना पक्राउ परेका छन् । जेठ १ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
चुनावको पूर्वसन्ध्यामा २८ गते साँझ करिव ८ः३० बजेको समयमा बुटवलको मिलनचोक स्थित आकाशे पुलमुनी प्रेसरकुकर बम विष्फोट भएको थियो ।जसका कारण नजिकै रहेको एक रेष्टुरेन्टको झ्यालको सिसा चर्केको र सोहीस्थानमा रहेको पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रको दुई ओटा सटरमातिन वटा प्वाल परेको छ ।
बम विष्फोट गराएको आरोपमा प्रहरीले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँबाट कमरेड नेपाल भन्ने सुरेश खनाल, सैनामैना नगरपालिका वडा नं. १ बाट राज भन्ने फणिन्द्र गर्तौला र अशोक भन्ने शुक्रकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
रुपन्देहीका जिल्ला प्रहरी प्रमुख एस.पी. रबिन्द्र रेग्मीका अनुसार बम विष्फोट भएसंग प्रहरीले चुनाव बहिस्कार गर्न आह्वान गरी कमरेड नेपालले हस्ताक्षर गरेको विज्ञप्ती भेटाएको थियो । त्यसका आधारमा प्रहरीले उनीहरुलाई खोजी गरिएको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीका अनुसार पक्राउ परेका कमरेड नेपाल भन्ने सो पार्टीका केन्द्रीय महासचिव २७ वर्षीय खनाल मालारानी गाउँपालिका वडा नं. ९ अर्घाखाँचीका हुन् । त्यस्तै ३० वर्षीय गरतौला केन्द्रीय सदस्य हुन् ।
उनको स्थायी ठेगाना ईलामको सुर्यदय गाउँपालिकाका र गोरखा जिल्ला ईञ्चार्ज २७ वर्षीय गोरखाको पालङटार नगरपालिकाका हुन् । प्रहरीले उनीहरुको साथबाट ६ थान मोवाईल, तीनवटा मोटरसाईकल, २ वटा कुकर, बम बनाउन प्रयोग हुने विजुलीको तार २ थान र ४० थान नेपाल कम्युनिष्ट पार्टी माओवादीसंग सम्बन्धित पर्चा पम्पलेट बरामद गरेको छ ।
पक्राउ परेका उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ बमोजिम विष्फोटक पदार्थ सम्बन्धि कसुरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख रेग्मीले बताउनुभयो । अदालतमा सो कसुर ठहरेमा उनीहरुलाई अधिकतम १० बर्षसम्म कैद सजाय हुनेछ ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)