Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अन्तराष्ट्रिय वामी नमुना समाज गुल्मीद्वारा मृगौला पिडितलाई साढे ३ लाख सहयोग

अन्तराष्ट्रिय वामी नमुना समाज गुल्मीद्वारा मृगौला पिडितलाई साढे ३ लाख सहयोग

  • 2.0K
    SHARES

  • अन्तराष्ट्रिय वामी नमुना समाज गुल्मीद्वारा मृगौला पिडितलाई साढे ३ लाख सहयोग

    गुल्मी,कार्तिक ६ ।

    अन्तराष्ट्रिय वामी नमुना समाज गुल्मीद्धारा मुसिकोटका मृगौला पिडितलाई आर्थिक सहयोग गरिएको छ ।

    दुवै मृगौला फेल भई हाल बुटवलको स्थित क्रिमसन हस्पिटलमा डाईलोसिज गर्दै आएका मुसिकोट नगरपालिका वडा नं.४ दाहाचौर निवासी राजेश रानाको लागि अन्तराष्ट्रिय वामी नमुना समाज गुल्मी मुसीकोट नगरपालिका ७ गुल्मीद्धारा नगद रु.३लाख,४७ हजार,६सय,७०रुपैया रकम ईन्द्रणी कार्यक्रम मार्फत रकम हस्तान्तरण गरिएको  अन्र्तराष्ट्रिय वामी नमूना समाजका अन्र्तराष्ट्रिय संयोजक ईन्द्र थापाले जानकारी दिए ।

    घरको आर्थिक अवस्था कमजोर भएका मृगौला पिडित राजेश राना बचाउ अभियानबाट अन्र्तराष्ट्रिय वामी नमुना समाज मार्फत स्वदेश तथा विदेशका विभिन्न देशमा रहेका एक सय भन्दा  बढि नेपालीहरुले राजेश राना बचाउ अभियानको लागि आर्थिक संकलन गरेर सहयोग गरिएको संयोजक थापाले जानकारी दिए ।

    साथै आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई अन्र्तराष्ट्रिय वामी नमूना समाजले धन्यवाद दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, कार्तिक ६ २०७७०९:४२:२५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology