Logo बिहिवार, आश्विन १ गते २०८३
images

मेयर सुवेदीको वडामा एमाले बढारियो,बुटवल ७ मा कांग्रेसका गाहाले गाढे चारतारे झण्डा

मेयर सुवेदीको वडामा एमाले बढारियो,बुटवल ७ मा कांग्रेसका गाहाले गाढे चारतारे झण्डा

  • 8.4K
    SHARES

  • मेयर सुवेदीको वडामा एमाले बढारियो,बुटवल ७ मा कांग्रेसका गाहाले गाढे चारतारे झण्डा

    बुटवल,जेठ ४ ।

    बुटवल उपमहानगरपालिकाका गणना भएका १२ वटा वडामध्ये १० वटामा गठबन्धन बिजयी भएको छ । अहिलेका मेयर शिवराज सुवेदीको वडा समेत रहेको बुटवल ७ का कांग्रेस बिजयी भएको हाे  । ७ को वडाध्यक्षमा कांग्रेसका पदमराज गाहा एमालेकी उम्मेदवार सीता थापा भन्दा ८५२ मतान्तरले विजयी भएका हुन् ।

    पदमले २३४६  पाउँदा सीताले १४९४ मत पाइन् ।  अध्यक्षसहित चारैजना वडा सदस्यमा पनि कांग्रेस उम्मेदवार विजयी भएको कांग्रेस युवा नेता प्रजापाल गिरीले बताए । 

    यो वडाबाट मेयरमा कांग्रेसलाई २१७१ मत र एमालेलाई १६०४ मत आएको हाे  । यो वडामा २५ वर्षपछि एमालेको विरासत तोडिएको हो ।  अब वडा नंं ८ देखि १४ सम्मतको नतिजा आउन बांकी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology