Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काठमाडौं महानगर प्रमुखमा बालेन र उपप्रमुखमा सुनिताको अग्रता कायमै

काठमाडौं महानगर प्रमुखमा बालेन र उपप्रमुखमा सुनिताको अग्रता कायमै

  • 2.1K
    SHARES

  • काठमाडौं महानगर प्रमुखमा बालेन र उपप्रमुखमा सुनिताको अग्रता कायमै

    बुटवल,जेठ ३ ।

    काठमाडौं महानगर प्रमुखमा दश हजार ३४ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ। यसैगरी, दश हजार ३१५ मतसहित उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले समेत अग्रता कायमै राख्नुभएको छ।

    प्रमुखमा नेकपा एमालेका केशव स्थापित पाँच हजार ४४५ मतसहित दोस्रो र नेपाली कांग्रेसका सिर्जना सिंह ४ हजार ७०७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। 

    महानगरका निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मंगलबार दिउँसो २ः४५ सम्म मतगणना हुँदा प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पाटका मदनदास श्रेष्ठले ९१०, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७१८ मत ल्याउनुभएको छ।

    यसैगरी, प्रमुखमा निर्वाचन चिह्न तराजुमा ११६, मादलमा १८, चक्का पाङ्ग्रोमा सात, कुखुराको भालेमा छ, सुगामा चार, खानेपानीको धारामा २१, करुवामा चार, किताबमा दश, बाघमा एक, हृदयमा ११, खड्गमा ११, कि–बोर्डसहितको कम्युटरमा एक, सांचोमा तीन, कारमा चार, पुतलीमा तीन, खरायोमा दुई, आँपमा एक, गुलाफको फूलमा एक, कैचीमा एक, मुढामा एक, अर्नामा दुई, तिल्हरीमा दुई मत प्राप्त भएको छ। 

    २६ हजार ३१९ मतगणना हुँदासम्म महानगर उपप्रमुखमा गठबन्धनतर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले तीन हजार ४० मत प्राप्त गर्नुभएको छ। 

    उपप्रमुखमा निर्वाचन चिन्ह तराजुमा ४४५, हलोमा १८ सय ७४, मादलमा २९, चक्का पाङ्ग्रोमा दश, करुवामा १४, किबोर्डसहितको कम्युटरमा छ, बाघमा चार, आधा खोसेलो निकालिएको मकैको घोगामा २१, पुतलीमा एक, खरायोमा दुई, भुँइकटहरमा एक, आँपमा दुई, गुलाफको फूलमा चार, लौरोमा एक हजार ८०, खानेपानीको धारमा एक, कैचीमा पाँच, जेब्रामा तीन, क्यापमा ७२, अर्नामा पाँच, आँखीझ्यालमा ५१६ मत प्राप्त भएको छ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology