Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल लेडी जेसिजद्वारा बुद्धवाणी ज्ञान प्रवचन तथा दीप प्रज्ज्वलन

बुटवल लेडी जेसिजद्वारा बुद्धवाणी ज्ञान प्रवचन तथा दीप प्रज्ज्वलन

  • 2.1K
    SHARES

  • बुटवल लेडी जेसिजद्वारा बुद्धवाणी ज्ञान प्रवचन तथा  दीप प्रज्ज्वलन

    बुटवल,जेठ ३ ।

    बुटवल लेडी जेसीजको आयोजनामा पवित्र बुद्धवाणी ज्ञान प्रवचन,ध्यान तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बुटवल -३ सिद्धबाबा धाम स्थित छाँयामा परिरहेको बुद्ध स्तूपमा बिभिन्न सजावट गरि प्राङ्गणमै दीप प्रज्वलन गरि समुद्घाटन गर्दै लोकपृय प्रवचक योगगुरु गम्भीर श्रेष्ठको प्रमुख आतिथ्यता एवं सहजिकरणमा योग,ध्यान र बुद्धका मन्त्र तथा वाणी प्रवचन सम्पन्न गरेको छ।

    लुम्बिनी क्षेत्र भित्रै पर्ने बुटवल लेडी जेसीजले दैनिक सिद्धबाबा धाम दर्शन गर्न आउने भक्तजनको समेत ध्यान जान नसकेको बुद्ध स्तूपमा सबैको ध्यानाकर्षणका हेतू आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अभिलाषा सहित उक्त स्थानमा कार्यक्रम गरेको हो। आगामी दिनमा मुख्य मन्दिर मात्र नभई बुद्ध धर्मावलम्बीहरुको पनि आस्थाको केन्द्र बन्न र बनाउन सकिने र उक्त स्तूपलाई अझ रंग रोगन र सजावट गरि आकर्षक बनाउन सकिने बुटवल लेडी जेसीजका अध्यक्ष जेसी अनुपमा श्रेष्ठले बताउनु भयो।

    कार्यक्रममा नेपाल जेसीजका कार्यसमिती सल्लाहकार सिनेटर राधिका पोखरेल,सिद्धबाबा धामका अग्रज मुख्य पूजारी यमलाल उपाध्याय,सिद्धबाबा धाम बिकास सञ्चालक समितीका पदाधिकारीहरु,सामाजिक व्यक्तित्व, अभिभावक एवं सदस्यहरुको सहभागीता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संयोजक सदस्य जेसी बिनुदेवी रिजाल ले गर्नुभएको थियो भने सभाध्यक्ष जेसी अनुपमा श्रेष्ठले धन्यवाद संगै कार्यक्रम समापनको घोषणा गर्नुभएको कार्यक्रम संचालक एवं बुटवल लेडी जेसीजका महासचिव जेसी संगीता ढकालले जानकारी दिनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology