Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्री देउवाद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री देउवाद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

  • 2.5K
    SHARES

  • प्रधानमन्त्री देउवाद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

    बुटवल,जेठ ३ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर सोमबार बिहान प्रधानमन्त्रीले देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको हो ।यससँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

    air port.jpg

    सोमबार बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो ।

    jazeera air.jpg

    यसैगरी, जजिराले मङ्गलबार बिहान २ः३० बजेको समयमा नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयका अनुसार साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको छ । आफ्नो ट्राभलले भैरहवाबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उहाँले बताउनुभयो । पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले आन्तरिक उडान भर्छन् ।

    एउटा मात्र रनवेले कारण ट्राफिक चाप हुने गरेकाले चाप व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताउनुभयो ।

    पाँच समझदारीपत्रमा हस्ताक्षर :

     प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको समुपस्थितिमा एक सम्झौतासहित पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । जसमा महìवपूर्ण सम्झौताका रूपमा अरुण ४ परियोजनाको विकास र कार्यान्वयनका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी एसजेभीएनबीच भएको समझदारीपत्र रहेको छ । 

    अन्य पाँच समझदारीपत्रमा नेपालको लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्बीच बौद्ध दर्शनको अध्ययन, त्रिभुवन विश्वविद्यालयस्थित नेपाल तथा एसियाली अनुसन्धान केन्द्र सिनास र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्बीच हिन्दी अध्ययन, काठमाडौँ विश्वविद्यालयमा हिन्दी अध्ययनका लागि रहेका छन् ।

    चौथोमा काठमाडौँ विश्वविद्यालय र नेपाल एन्ड इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रासबीचको समझदारीपत्र रहेको छ । त्यस्तै यी दुई पक्षबीच स्नातकोत्तर अध्ययन अध्यापनका लागि एउटा छुट्टै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology