बुटवल,जेठ २ ।
गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार यदु ज्ञवाली सन्तोष विजयी भएका छन् ।माओवादी केन्द्रका उम्मेदवार ज्ञवालीले नेकपा एमालेका हिमाल श्रेष्ठलाई पराजित गरेका हुन् ।
अध्यक्षमा ज्ञवालीले एमालेका श्रेष्ठलाई १ हजार २ सय ७७ मतान्तरले पराजित गरे। ज्ञवालीले ५ हजार ८१७ मत ल्याउदा श्रेष्ठले ४ हजार ५४० मत पाए। उपाध्यक्ष र अन्य ५ वडा वडा भने एमालेले बिजय हासिल गरेको छ।
उपाध्यक्षमा एमालेकी मिनादेवी गौतमले ५ हजार ४५१ भोट ल्याएर बिजयी हुदा नेपाली कांग्रेसका दुर्गा ज्ञवाली ८ सय ५ मतअन्तरले पराजित भईन।
लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री सुदर्शन बरालका स्वकीय सचिव समेत रहेका ज्ञवाली अघिल्लो चुनावमा पनि गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । उपाध्यक्ष भने एमालेकी मिना गौतम निर्वाचित भएकी छन् ।
२०७४ सालको स्थानीय चुनावमा यो गाउँपालिका एमालेले जितेको थियो । यो नेकपा एमालेका उपाध्यक्ष प्रदीप ज्ञवालीको निर्वाचन क्षेत्र हाे ।
--अपडेट--
अध्यक्षमा निर्वाचित ज्ञवालीले जेठ ६ गते पदभार ग्रहण समेत गर्दै,जनताको चुलो चौको सँग जोडिने गरी पालिका भित्रका सम्पूर्ण घर धुरीको न्यूनतम विद्युत महसुल गाउँपालिकाले तिर्ने गरी पहिलो र महत्वपूर्ण निर्णय गरेका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)