Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमालेले जित्दै आएको बुटवल ४ कांग्रेसले खोस्यो,नरिश्वर शर्माको प्यानल नै विजयी

एमालेले जित्दै आएको बुटवल ४ कांग्रेसले खोस्यो,नरिश्वर शर्माको प्यानल नै विजयी

  • 5.6K
    SHARES

  • एमालेले जित्दै आएको बुटवल ४ कांग्रेसले खोस्यो,नरिश्वर शर्माको प्यानल नै विजयी

    बुटवल,जेठ २ ।

    बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसका नरिश्वर शर्मा वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले १ हजार ९२५ मत प्राप्त गर्दा प्रतिद्वन्दी एमाले उम्मेदवार टंकप्रसाद पराजुलीले एक हजार ४२ मत प्राप्त गरेका छन् ।

    पराजुली यस अगाडी वडा अध्यक्ष थिए ।

    वडा अध्यक्षमा निर्वाचित शर्मा बुटवल उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्ष समेत हुन् । वडा सदस्यहरुमा गठबन्धनका उम्मेदवारहरु अरुणकुमार श्रेष्ठ र गफुर मिया, महिला वडा सदस्यमा पुनम थापा र दलित महिला सदस्यमा प्रमिला नेपाली विजयी भए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology