Logo बिहिवार, आश्विन १ गते २०८३
images

भैरहवामा नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

भैरहवामा नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

  • 2.3K
    SHARES

  • भैरहवामा नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

    बुटवल,जेठ २ ।

    नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोेमबार  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ । 

    प्रधानमन्त्री देउवाले सोमबार औपचारिक उद्घाटन गर्नुभएपछि राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थल विधिवत् सञ्चालनमा आउनेछ । बुद्व जयन्तीका अवसरमा उद्घाटन हुन लागेको यस विमानस्थललाई लुम्बिनी प्रदेशसहित देशकै समृद्विको ढोकाका रूपमा हेरिएको छ ।

    विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार कुवेतबाट आउने जजिरा एयरवेज र काठमाडौँबाट जाने नेपाल वायुसेवा निगमको न्यारो बडी ३२०को विमानलाई स्वागत गरेर विमानस्थलको औपचारिक उद्घाटनको तयारी छ ।

    उहाँले भन्नुभयो, “करिब ७५ जना यात्रु बोकेर कुवेतबाट आउने एयर जजिराको जहाजलाई भैरहवा विमानस्थलमा स्वागत गरेर प्रधानमन्त्री, पर्यटनमन्त्री, नागरिक उड्डयन प्राधिकरणका प्रमुखलगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा विमानस्थलको औपचारिक उद्घाटन हुनेछ । झन्डै दुई घण्टापछि १४५ यात्रु बोकेर उक्त जहाज कुवेत फर्कनेछ ।”

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology