Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा पराजित, जिदानले लिए जिम्मेवारी

रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा पराजित, जिदानले लिए जिम्मेवारी

  • 3.6K
    SHARES

  • रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा पराजित, जिदानले लिए जिम्मेवारी

    बुटवल,कार्तिक ६- 

    दोस्रो रोजाइका खेलाडी उतारेको युक्रेनियन टोली शाख्तार डोनेस्कसँग १३ पटकको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा पराजित भएको छ । कारोनाभाइरसको संक्रमणका कारण युक्रेनियन टोली पहिलो रोजाइका १३ खेलाडी बिना नै युवा खेलाडीहरुलाई लिएर म्याड्रिड आएको थियो । तर, लुइस कास्ट्रोको युवा टोलीले रियलविरुद्ध ३–२ को ऐतिहासिक जित हासिल गर्न सफल रह्यो ।

    शनिबारको एल क्लासिकोलाई मध्य नजर राख्दै जिदानले खेलाडीहरुलाई आराम दिनु प्रत्युत्यपादक बन्यो । पहिलो हाफमा नै शाख्तारले ३–० को अग्रता दिएको थियो । टेटेले भरान र मार्सेलोको गल्तीको फाइदा उठाउँदै शाख्तारलाई अग्रता दिलाए भने भरानको आत्मघाती गोलले पाहुना टोलीको अग्रता दोब्बर भयो ।  पहिलो हाफको अन्त्यतिर सोलोमोनले तेस्रो गोल थपे ।


    दोस्रो हाफमा आराम दिइएका करिम बेन्जेमालाई मैदानमा उतारेपछि रियलले केही सुधारिएको प्रदर्शन गर्यो । लुका मोड्रिच र भिनिसियस जुनियरले दोस्रो हाफमा गोल फर्काए पनि रियल खेलमा फर्कन सकेन ।


    रियलले युरोपियन कप प्रतियोगितामा लगातार तीन खेल हारेको सन् १९८६ पछि पहिलो पटक हो । खेलपछि रियलका म्यानेजर जिनेदिन जिदानले हारको जिम्मेवारी लिए ।


    समूहको अर्को खेलमा इन्टर मिलान र बोरुसिया मोचेनग्ल्याडब्यचले २–२ को बराबरी खेले ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology