Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी साँस्कृतिक नगरपालिकामा जनमत पार्टीको अग्रता

लुम्बिनी साँस्कृतिक नगरपालिकामा जनमत पार्टीको अग्रता

  • 2.6K
    SHARES

  • लुम्बिनी साँस्कृतिक नगरपालिकामा जनमत पार्टीको अग्रता

    बुटवल,जेठ १ ।

    लुम्बिनी साँस्कृतिक नगरपालिकामा ८ सय मतगणना हुदा मेयर पदमा सिके राउत नेतृत्वको जनमत पार्टिले अग्रता लिएको छ।
    लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर १ मा ३ सय र वडा नम्बर २ मा ५ सय गरि ८ सय मत गणनामा जनमत पार्टिका उम्मेदवार चन्द्रकेश गुप्ताल २५६ मत ल्याउदै अग्रता काएम गरेका छन।

    जनमतलाई एमालेका उम्मेदवार रमाउती यादबले पछ्याइरहेकी छन। एमालेकी उम्मेदवार यादबको १५५, लोकतान्त्रीक समाजबादी पार्टिका उम्मेदवार मनमोहन चौधरीले ९१ मत छ। उनी पुर्व मेयर समेत हुन।

    यस्तै नेपाली काङ्ग्रेसका उम्मेदवार सजरुद्दीन मुसलमानले ८६ र जनता समाजबादी पार्टिका उम्मेदवार अब्दुल मुवीनले ६० मत ल्याएका छन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology