Logo बिहिवार, आश्विन १ गते २०८३
images

१९ पालिका कांग्रेसको जित,२५३ ठाउँ अगाडि,एमालेले ६ वटा जित्यो १६९ ठाउँ अगाडि

१९ पालिका कांग्रेसको जित,२५३ ठाउँ अगाडि,एमालेले ६ वटा जित्यो १६९ ठाउँ अगाडि

  • 3.4K
    SHARES

  • १९ पालिका कांग्रेसको जित,२५३ ठाउँ अगाडि,एमालेले ६ वटा जित्यो १६९ ठाउँ अगाडि

    बुटवल,जेठ १ ।

    स्थानीय तहको निर्वाचन अन्तर्गत अहिले मतपरिणामहरू सार्वजनिक भैरहेका छन् ।नतिजा हेर्दा सत्तासीन नेपाली कांग्रेस पहिलो पार्टी बन्ने देखिएको छ । अहिलेसम्मको मतपरिणामले कांग्रेस पहिलो पार्टी बन्ने निश्चित भएको हो ।

    अहिलेसम्म कांग्रेसले १९ पालिका प्रमुख र १४ उपप्रमुखमा बिजयी प्राप्त गरिसकेको छ भने प्रतिस्पर्धी नेकपा एमालेले ६ पालिका प्रमुख र ६ उपप्रमुखमा बिजयी प्राप्त गरेको छ ।

    त्यस्तै, प्रारम्भिक मतगणनाअनुसार कांग्रेसले २५३ पालिका प्रमुख र २०६ उपप्रमुखमा लिड गरेको छ भने एमालेले १६९ प्रमुख र १८२ उपप्रमुखमा लिड गरेको छ ।

    त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले २ पालिका प्रमुख १ उपप्रमुखमा बिजयी हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र १ प्रमुख र १ उपप्रमुखमा बिजयी प्राप्त गरेको छ ।

    त्यस्तै, माओवादी केन्द्रले १०४ प्रमुख र १२६ उपप्रमुखमा लिड गरिरहेको छ भने एकीकृत समाजवादीले ११ प्रमुख र २० उपप्रमुखमा लिड गररेको छ ।

    जनता समाजवादी पार्टीले २२ प्रमुख र २१ उपप्रमुखमा लिड गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले ६ प्रमुख र ५ उपप्रमुखमा लिड गरेको छ ।

    बैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस, माओपादी, एकीकृत समाजवादी, जनता समाजवादी लगायतले देशभरका विभिन्न स्थानमा गठबन्धन गरेका छन् भने एमालेले राप्रपा लगायतका पार्टीसँग गठबन्धन गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology