गुल्मी,बैसाख ३१ ।
नेपाली कांग्रेसले गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर जितेको छ। मेयरमा खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवरले जितेकी छन्।
मेयरमा निर्वाचित पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने उपमेयर कुँवरले ८ हजार छ सय १९ मत ल्याएकी छन्।
नेकपा एमालेबाट मेयरका उम्मेदवार राजेन्द्र पाण्डेले सात हजार तीन सय २० मत ल्याएका छन्। एमालेकी उपमेयर उम्मेदवार रिता पाण्डेयले ७ हजार २ सय ३१ मत ल्याएकी छन्।
मेयरमा निर्वाचित पन्थी कांग्रेस गुल्मी सभापति पनि हुन्। यसअघि ०७४ को स्थानीय चुनावमा नेकपा एमालेले मेयर र उपमेयर दुबै पदमा जितेको थियो।
कांग्रेसले रेसुङगा नगरपालिकामा १४ बटा वडा मध्ये १० बटा वडामा प्यानल सहित विजयी हासिल गरेको छ। वडा नम्बर एकमा वडा अध्यक्ष बाहेक बाँकी सबै सदस्य कांग्रेसबाट निर्वाचित भएका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)