Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा कांग्रेसका पाण्डेय दोब्बर मतले अगाडि,राप्रपा दाेस्राे एमाले तेस्राे !

बुटवलमा कांग्रेसका पाण्डेय दोब्बर मतले अगाडि,राप्रपा दाेस्राे एमाले तेस्राे !

  • 7.5K
    SHARES

  • बुटवलमा कांग्रेसका पाण्डेय दोब्बर मतले अगाडि,राप्रपा दाेस्राे एमाले तेस्राे !

    बुटवल,बैसाख ३१ ।

    निकै चासोका साथ हेरिएको बुटवल उपमहानगरको मतगणना जारी छ । शुरुवाती अग्रता लिएको कांग्रेसले दोब्बर मतले अगाडि पुगेको छ ।

    बुटवलमा वडा न १ र १९ को मतगणना भैरहेको छ ।  १ हजार ४ सय मतगणनामा कांग्रेस पहिलो ,राप्रपा दोश्रो र एमाले तेस्रो स्थानमा छन् ।

    जसमध्ये कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले ६०३ मत प्राप्त गरेका छन् भने राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले २३९ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेले ३१९ मत प्राप्त गरेकी छन् भने नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले २४३ मत प्राप्त गरेका छन् । एमालेकी सावित्रा अर्यालले २९४ मत प्राप्त गरेकी छन् ।

    -----

    बुटवलमा वडा न १ काे मतगणना सकिदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ८४३ ,राप्रपाका मिर्गेन्द्र शेरचनले ४१४ र एमालेका बाबुराम भट्टराइले ३४० मत पाएका छन् ।

    ----

    यी पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology