Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमालेका थकालीलाइ २ मतले हराउँदै घरपझोङ गाउँपालिकामा कांग्रेसका लालचन बिजयी

एमालेका थकालीलाइ २ मतले हराउँदै घरपझोङ गाउँपालिकामा कांग्रेसका लालचन बिजयी

  • 2.4K
    SHARES

  • एमालेका थकालीलाइ २ मतले हराउँदै घरपझोङ गाउँपालिकामा कांग्रेसका लालचन बिजयी

    मुस्ताङ, वैशाख ३१  ।

    मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गर्दै लालचन अध्यक्ष निर्वाचित भएका हुन्। 

    मुस्ताङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लालचनले ७६० मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएका छन्। 

    गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी जमुना थापा मगर विजयी भएकी छन्। उपाध्यक्षमा निर्वाचित मगरले ६९३ मत ल्याइन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी मीमकुमारी शेरचनले ६१८ मत पाइन्।

    घरपझोङ गाउँपालिका २०७४ सालको चुनावमा अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology