डडेल्धुरा, वैशाख ३१ ।
नेपाली काँग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्नुभएको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानल सहित बिजयी हुनु भएको छ ।
शनिबार माओवादीका उम्मेदवार कुवँर प्रधानसँग दुई सय ५० मत अन्तरले काँग्रेसका उम्मेदवार भट्ट बिजयी भएको स्थानीय टंक पनेरुले जानकारी दिनुभयो । गत निर्वाचनमा माओवादीका उम्मेदवार बिजयी भएका थियो ।
उहाँ लगायत बिजयी हुनुभएका सदस्यहरुलाई निर्वाचन अधिकृतको कार्यालयले भने बिजयी घोषणा गर्न बाँकी छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)