Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवरात्रको छैटौँ दिन स्देवी कात्यायिनीको पूजा गरिँदै

नवरात्रको छैटौँ दिन स्देवी कात्यायिनीको पूजा गरिँदै

  • 6.0K
    SHARES

  • नवरात्रको छैटौँ दिन स्देवी कात्यायिनीको पूजा गरिँदै

    बुटवल,कार्तिक ६- 

    हिन्दु नेपालीहरुको महान चाड बडा दसैँको आज छैटौँ दिन हो । कात्यायिनी भगवतीको पूजा तथा अर्चना गरिदै छ  । नवरात्रीको छैटौँ दिन आज अष्टमातृका भगवतीको छैठौँ शक्तिका रुपमा कात्यायिनी भगवतीको पूजाअर्चना गर्ने परम्परा रहेको छ ।

    आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगतिपथमा अगाडि बढ्ने धार्मिक विश्वास रहेको पाइन्छ ।

    माता कात्यायनी अमोघ फलदायनी हुन् । भगवान् कृष्णलाई पतिका रूपमा पाउनको लागि व्रजका गोपिनीहरूले यिनै कात्यायनी देवीको पूजा कालिन्दी– यमुनाको तिरमा गरेका थिए । यिनी व्रजमण्डलकी अधिष्ठात्री देवीको रूपमा प्रतिष्ठित छिन् । यिनको रूप अत्यन्त नै भव्य र दिव्य छ । यिनको वर्ण स्वर्णसमान चम्किलो तथा भास्वर छ । यिनी चतुर्भूज रूप धारिणी छिन् । दाहिनेतर्फको माथिल्लो हात अभय मुद्रामा छ तथा तल्लो हात वरमुद्रामा छ । देब्रेतर्फको माथिल्लो हातमा तरबार छ भने तल्लो हातमा कमल पुष्प सुशोभित छ ।

    दुर्गा पूजाको नवरात्रि साधनाको क्रममा भगवतीको छैठौं दिनमा साधकले माता कात्यायनीको चरणमा आफ्नो सर्वस्व निवेदित गरिदिनु पर्दछ । परिपूर्ण आत्मदान गर्ने भक्तले सहज भावले माता कात्यायनीको दर्शन प्राप्त गर्न सफल हुन्छन् । माता कात्यायनीको भक्ति र उपासनाद्वारा मानिसले सहजताका साथ अर्थ, धर्म, काम, मोक्षजस्ता चारवटै फलहरूको प्राप्ति गर्न सक्दछ । ऊ यसै लोकमा स्थित रहेर पनि अलौकिक तेज र प्रभायुक्त हुन पुग्दछ । उसका रोग, शोक, भोक, सन्ताप, भय आदि सर्वथा विनष्ट भएर जान्छन् ।

    काठमाडौं उपत्यका भित्रका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।

    दसैँमा नौ दिनसम्म शक्तिपीठ तथा दसैँघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको पूजा आराधाना गर्ने गरिन्छ ।

    मन्त्रः

    चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना ।

    कात्यायनी शुभ दद्याद्देवी दानवघातिनी ।।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology