बुटवल,वैशाख ३१ ।
मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसक कोन्जो तेन्जिङ लामा बिजयी भएका छन् । शुक्रवार मध्यरातमा सम्पन्न मतगणनाको परिणाममा कांग्रेसका लामलो १५८ मत पाएका छन् ।
निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कृष्णवहादुर लामाले १११ मत पाएका छन् । उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)