Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी कालीगण्डकी गाउँपालिकामा ६३.०१ प्रतिशत मत खस्यो,मतगणना गर्ने तयारी

गुल्मी कालीगण्डकी गाउँपालिकामा ६३.०१ प्रतिशत मत खस्यो,मतगणना गर्ने तयारी

  • 2.0K
    SHARES

  • गुल्मी कालीगण्डकी गाउँपालिकामा ६३.०१ प्रतिशत मत खस्यो,मतगणना गर्ने तयारी

    पूर्तिघाट,वैशाख ३० ।

    कालिगण्डकी गाउँपालिका गुल्मीमा ६३.०१ प्रतिशत मत खसेको छ । 

    निर्वाचन अधिकृत कार्यालय पुर्तिघाटका निर्वाचन अधिकृत तुलसिराम अर्यालका अनुसार गाउँपालिकाको १८ मतदान केन्द्रबाट ६३.०१ प्रतिशत मत खसेको हो । 

    कुल १५२७७ मतदाता रहेको पालिकामा ९६३७ मत खसेको छ । 

    ७ ओटा वडा रहेको पालिकामा वडा नम्बर १ हर्मिचौरमा १२३८ मत खसेको छ । त्यस्तै वडा नम्बर २ अर्बेनीमा १५५९ मत, वडा न ३ जयखानीमा ६२९ मत, वडा ४ पुर्तिघाटमा १०४० मत, वडा नम्बर ५ फोसिङ्ममा १३५२ मत, वडा नम्बर ६ खडगकोटमा २०२५ मत र वडा नम्बर ७ भुर्तुङमा १७९४ मत खसेको निर्वाचन अधिकृत अर्यालले जानकारी दिए ।

    पालिकाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको पनि अर्यालले जानकारी दिए । 

    निर्वाचन अधिकृत कार्यालयले सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना थाल्ने तयारी गरेको छ । पालिकाको १८ ओटा मतदान केन्द्रबाट मतपेटिका संकलन गरिसकेपछि मतगणना सुरु गर्ने गरी तयारी थालिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology