Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यूनियन लाइफ, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स गाभिने

यूनियन लाइफ, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स गाभिने

  • 2.2K
    SHARES

  • यूनियन लाइफ, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स गाभिने

    बुटवल,बैसाख ३० ।

    यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभिने सहमती भएको छ। 

    सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेका छन्।

    कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्नुको साथै तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन वटै कम्पनी गाभिन लागेका हुन्।

    यस्तै, सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा सुविधा प्रदान गर्न सक्ने अवस्था सिर्जना गर्ने, मुलुकमा जीवन बीमालाई सुशासित, सुरक्षित, स्वस्थ्य, कुशल तथा सक्षम एवम् प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने र मुलुकको समग्र जीवन बीमा प्रणालीको सम्बर्द्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै बीमितको हित संरक्षण गर्ने उदेश्य लिएको तीनै कम्पनीले जनाएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology