Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अनलाइन मार्फत रुपन्देही समाज अमेरिकाको शुभकामना आदान-प्रदान

अनलाइन मार्फत रुपन्देही समाज अमेरिकाको शुभकामना आदान-प्रदान

  • 2.8K
    SHARES

  • अनलाइन मार्फत रुपन्देही समाज अमेरिकाको शुभकामना आदान-प्रदान

    अमेरिका कार्तिक ५- 

    रुपन्देही सेवा समाज अमेरिकाले अनलाइन माध्यममार्फत एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरेको छ ।

    अमेरिकाको टेक्सस राज्यमा दर्ता भएको समाजले शुभकामना आदान प्रदान सँगै भच्र्युअल रुपमा सांगितिक कार्यक्रम समेत सम्पन्न गरेको हो ।

    समाजका महासचिव युधिष्ठिर नेपालको संयोजकत्व र संस्थाका अध्यक्ष जगदीश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ तथा वरिष्ठ गजलकार बुँद राना, मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका, अन्तराष्ट्रिय जेसिजका पूर्व उपाध्यक्ष अनुपमान सैजु, नेपाली समाज टेक्ससका कार्यवाहक अध्यक्ष राजेन्द्र वाग्ले, समाजका सल्लाहकार दिपक प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    शुभकामना मन्तव्यको कार्यक्रम पश्चात सांगितिक कार्यक्रममा नेपालवाट अनलाइन माध्यमवाट जोडिएर राष्ट्रिय गायक हेमन्त शर्मा, लोक तथा दोहोरी गायक बैकुण्ठ महत,नेपाल आइडल सिजन १ को टप फाइभमा पर्न सफल सुजाता पाण्डे, नेपाल आइडल सिजन २ को टप फाइभमा पर्न सफल अमित बराल, जापानवाट साहित्यकार हेमन्त गिरी, केशव ज्ञवाली, लता प्रधान लगायतले सांगितिक कोशेली प्रस्तुत गरेका थिए ।

    समाजका सल्लाहकार सुरज भण्डारी र सह–कोषाध्यक्ष सरीता शर्मा आचार्यको संचालनमा भएको कार्यक्रममा स्थानीय कलाकारहरु आस्था नेपाल, सुशरिम आचार्य, मनु मिश्र, रियन न्यौपाने, प्राप्ती न्यौपाने लगायतले कलाकारले सांस्कृतिक प्रस्तुती दिएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology