Logo बिहिवार, आश्विन १ गते २०८३
images

तनहुँको भानुमा ११३ वर्षीया वृद्धाद्वारा मतदान

तनहुँको भानुमा ११३ वर्षीया वृद्धाद्वारा मतदान

  • 2.3K
    SHARES

  • तनहुँको भानुमा ११३ वर्षीया वृद्धाद्वारा मतदान

    दमौली, वैशाख ३० ।

    तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि शुक्रबार मतदान गर्नुभएको छ ।

    पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । विसं १९६६ भदौ ६ गते जन्मिनुभएकी पोख्रेलले आफन्तको सहयोगमा मतदान गर्नुभएको हो ।

    मतदानपछि पोख्रेलले आगामी चुनावमा पनि मतदान गर्ने इच्छा रहेको बताउनुभयो । मतदानका लागि आफैँले परिवारका सदस्यलाई आग्रह गर्दै पोख्रेल लौरो टेक्दै मतदान केन्द्रसम्म पुग्नुभएको थियो ।

    मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई मतदानमा प्राथमिकता दिइएको छ ।

    gopi maya.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology