Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङमा पुर्वमन्त्री टेकबहादुर बस्नेत चढेको गाडी दुर्घटना,१० जना घाइते

दाङमा पुर्वमन्त्री टेकबहादुर बस्नेत चढेको गाडी दुर्घटना,१० जना घाइते

  • 2.2K
    SHARES

  • दाङमा पुर्वमन्त्री  टेकबहादुर बस्नेत चढेको गाडी दुर्घटना,१० जना घाइते

    दाङ,वैशाख २९ ।

    पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ । सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताए ।

    उनका अनुसार तुलसीपुर उपमहानगर-३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किदा दुर्घटना भएको हो ।

    दुर्घटना  हुँदा सांसद बस्नेतसहित चालक रमेश ओली र महेश घर्ती घाइते भएका छन्  भने एम्बुलेन्समा सवार रुकुम पश्चिमका कलिभान खत्री, ७४ वर्षीय विष्णु खत्री, श्यामप्रसाद शर्मा, राधिका शर्मा पुतली खत्री, सुभाष शर्मा र शम्भुप्रसाद शर्मा घाइते भएका छन् ।

    घाइते बस्नेतसहित १० जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology