Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सैनामैनामा विनोद पहाडीमाथि एमाले कार्यकर्ताद्वारा आक्रमणको प्रयास

सैनामैनामा विनोद पहाडीमाथि एमाले कार्यकर्ताद्वारा आक्रमणको प्रयास

  • 4.9K
    SHARES

  • सैनामैनामा विनोद पहाडीमाथि एमाले कार्यकर्ताद्वारा आक्रमणको प्रयास

    बुटवल,बैसाख २८ ।

    राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीमाथि नेकपा एमालेका कार्यकर्ताहरूले आक्रमणको प्रयास गरेका छन् ।

    रुपन्देहीको सैनामैना ९ जनज्योतिटोलमा बुधबार साँझ पौन ८ बजेको समयमा आफ्नै भतिजलाइ भेट्न गएका पहाडीले सोही क्रममा आफुमाथि एमाले कार्यकर्ताले आक्रमणको प्रयास गरेको बताएका छन् ।

    नितान्त पारिवारिक भेटघाटमा गएको बेला नियोजित रुपमा २ सय जना एमाले कार्यकर्ताले घेराबन्दी गरेर कुटपिटमा उत्रेको पहाडीले बताए ।

    ‘भतिजलाई भेट्न आएको हुँ, भतिज घर नजिकैको आफन्ती मुकुन्द दूतराजको घरमा बसिरहेको बेला १०-१२ वटा गाडीमा एमालेका युवा कार्यकर्ता ओर्लेर आक्रमण गर्न थालेँ’ पहाडीले भने –‘तुरुन्तै प्रहरी र स्थानीयले जोगाउँदा सुरक्षित स्थानमा रहेको बताउँने पहाडीले विनाकारण आक्रमण गर्नेलाई कारवाहीको माग गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology