Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मायाको स्पष्टीकरण-‘ पैसा बाँड्न होइन,बिरामी भेट्न गएकी थिएँ ’

मायाको स्पष्टीकरण-‘ पैसा बाँड्न होइन,बिरामी भेट्न गएकी थिएँ ’

  • 3.1K
    SHARES

  • मायाको स्पष्टीकरण-‘ पैसा बाँड्न होइन,बिरामी भेट्न गएकी थिएँ ’

    बुटवल,बैसाख २८ ।

    बुटवलमा एमालेका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमतीले पैसा बांडेको नभए बिरामी भेट्न गएको दाबी गरेकी छन् । बुटवल ११ टपमजुवामा मतदातालाई पैसा बांडेको र प्रलोभनमा पार्न पुगेको आरोपमा माया भट्टराईलाई प्रहरीले पक्राउ गरेको थियो  ।

    मौन अवधिमा पैसा बाँड्न आएको गठबन्धनका कार्यकर्ताले आरोप लगाएका थिए ।प्रहरीले भट्टराईबाट कुनै शँकास्पद सामाग्री नभेटाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । घटनास्थलमा एमाले र कांग्रेस कार्यकर्ताले एक अर्काको बिरोधमा नाराबाजी समेत गरेका थिए । 

    भट्टराईले एक विज्ञप्ति प्रकाशित गर्दै आफु मानविय नाताले कपिलवस्तुका एमाले नेता महेन्द्र अर्यालकी क्यान्सर पीडित श्रीमती लिला अर्याललाई भेट्न गएको बेला आफुलाई कांग्रेस कार्यकर्ताहरुले घेराउ गरेको बताएकी छिन् ।

    उनले विज्ञप्तिमा सामान्य विषयलाई मानवीय संवेदना समेत नबुझी अनावश्यक प्रपोगन्डा गरिएकोमा आफुलाई असाध्यै दुख लागेको उल्लेख गरेकी छिन् ।

    ‘मेरो श्रीमान बाबुराम भट्टराई बुटवल उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुनुहुन्छ, के यसको कारणले मलाई बिरामीलाई भेट्ने र आफन्तीसँग बोल्ने छुट पनि हुँदैन ?’ उनले विज्ञप्तिमार्फत प्रश्न गरेकी छिन् ।

    माया भट्टराईले जारी गरेको विज्ञप्ति :-

    maya bhattrai.jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology