Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा सुन पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ

बुटवलमा सुन पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ

  • 2.1K
    SHARES

  • बुटवलमा सुन पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ

    बुटवल,बैसाख २८ ।

    बुटवल उपमहानगरपालिका–६, विपीपथमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा भएको सुनसहित नगद पैसा चोरीमा प्रहरीले सफल अनुसन्धान गरेको छ । अनुसन्धानपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालयमा, भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले घटनामा संलग्न तीन जना भारतीय नागरिकलाई सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ वर्षीया मोहसिन अब्दुल्ला खान, उत्तर प्रदेशकै निसानगंज महानगरका २२ वर्षीया मोहम्मद सरिक र उत्तर प्रदेशकै गोमती कोलोनीका ३५ वर्षीया मोहद जिसान खान छन् ।
    बैशाख १३ गते उनीहरुले करिब ३ करोड बराबरको सुन र नगद चोरी गरेको पीडित परिवारको भनाई छ । घटनामा संलग्नमध्ये मोहद जिसान खान मुख्य योजनाकार रहेको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु व्यवसायिक चोरी गर्ने समूह रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । 

    तीनै जनालाई घटना घटेको १३ दिनपछि बैशाख २६ गते साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका–४, महुवारीस्थित खुनगाई–कालीदह सडकखण्डमा सवारी चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरी भनाई छ ।

    प्रहरीले उनीहरु सवार युपी ३२ एल डब्लु ३१५१ नम्बरको कार, एउटा ३१ ग्राम ५० मिलिग्राम, एक थान बीस ग्राम, एउटा २९ ग्राम १६० मिलिग्राम, दुई थान १०–१० ग्राम गरी कुल एक सय ग्राम ६६ मिलिग्राम सुनको सिक्का बरामद गरेको छ । यस्तै, ३ थान मोबाइल, ६ हजार भारतीय रुपैयाँ र एटीएम कार्ड पनि उनीहरुको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ  ।

    चोरी भएको उक्त सुन पसलको छेउमा उनीहरुले व्यवसाय गर्ने भनी सटर भाडामा लिएका थिए । घरबेटीलाई अग्रिम मासिक ३० हजारका दरले १२ महिनाकै घरभाडा बुझाइसकेका थिए । तर, होटलमा बसेर योजना बनाएर उनीहरुले सुन पसल चोरी गररेको प्रहरी भनाई छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology