Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज र भोलि मतदाता परिचय पत्र वितरण

आज र भोलि मतदाता परिचय पत्र वितरण

  • 2.3K
    SHARES

  • आज र भोलि मतदाता परिचय पत्र वितरण

    बुटवल,बैसाख २८ ।

    नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि बिहीबार मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।

    पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।

    आयोगले सम्बन्धित मितदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ । नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

    आसन्न स्थानीय तहको निर्वाचनको मतदान यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ । मंगलबार रातिदेखि नै मौनावधि सुरु भइसकेको छ । यो अवधि वैशाख ३० स्थानीय तहको निर्वाचन नसकिउन्जेलसम्मका लागि लागू हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology