Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा गठबन्धनका उम्मेदवारलाई मधेशी समुदायको शुभकामना

बुटवलमा गठबन्धनका उम्मेदवारलाई मधेशी समुदायको शुभकामना

  • 2.0K
    SHARES

  • बुटवलमा गठबन्धनका उम्मेदवारलाई मधेशी समुदायको शुभकामना

    बुटवल,बैशाख २७ ।


    बुटवलमा मधेशी समुदायले पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जीतको शुभकामना दिएका छन् । जितेर गएपछि आफूहरुलाई छठ पुजा गर्न घाट, मन्दिर र वाटर पार्क तथा सामुदायिक धर्मशाला सहितको सभाहल निर्माणको लागि जग्गा व्यवस्थापन गरिदिन आग्रह गरे ।

    पाँच दलिय गठबन्धनका उम्मेदवारहरुसंगको भेटघाटमा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष गौरीशंकर गुप्ताले आफूहरु परम्परागत रुपमा नेपाली काँग्रेसकै मतदाता भएपनि र नयाँ पिढिका युवाहरुलाई धरमराउन नदिनको लागि राजनीतिक संरक्षण र अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।

    बुटवल उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयर पदमा नेपाली काँग्रेसका खेलराज पाण्डेय र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेदवार हुनुहुन्छ । मधेशी समुदायले मंगलबार ती उम्मेदवारसंग भेटघाट गरेर आफ्ना कुरा राखेका हुन् ।

    त्यस अवसरमा बोल्दै मेयर पदका उम्मेदवार पाण्डेयले मधेशी समुदायसंग आफ्नो वेग्लै सम्बन्ध रहेको बताउँदै त्यो सम्बन्धलाई अझै गाढा र प्रगाढ बनाउन चाहेको बताउनु भयो ।

    उहाँले मधेशी समुदायले माग गरे अनुसार नै अघिल्लो निर्वाचनमा पनि आफूले ती माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गर्नुभयो । उहाँले चुनाव जितेपछि छठ पुजाको लागि घाट, मन्दिर र धर्मशाला निर्माणको लागि जग्गा व्यवस्थापन गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मधेशी समुदायबाट अघिल्लो निर्वाचनमा पनि साथ पाएको बताउँदै यो निर्वाचनमा साथ सहयोग गरी विजयी बनाएर एक पटक अवसर दिन आग्रह गर्नुभयो ।

    उहाँले आफूले जितेमा बुटवललाई नमुना सहरको रुपमा विकास गर्ने पनि प्रतिवद्धता दोहो¥याउनु भयो ।

    त्यस्तै उपमेयर पदका उम्मेदवार गुरुङले बाध्यताले नभई मुलुकको आवश्यकताले गठबन्धन गरिएको बताउँदै गठबन्धनमा भएका उम्मेदवारलाई विजयी बताउन आग्रह गर्नुभयो । उहाँले आफूहरुले जितेमा गरेका वाचा र संकल्प पुरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रम डा। योगेन्द्र अग्रहरीको अध्यक्षता तथा सुरेन्द्र अग्रहरीको संयोजनमा भएको थियो ।
    त्यस्तै दलित समुदायले पनि उम्मेदवारसंग भेटघाट गरि आफूहरु गठबन्धनकै साथमा रहेको बताएका थिए । मंगलबार दलित समुदाय लगायतका विभिन्न समुदायले पाँच दलिय गठबन्धनका उम्मेदवारसंग भेटघाट गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology