Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल ४ मा नरिश्वर शर्माको घाेषणा -‘राज्यबाट पाउने सेवा सुविधा लिन्न’

बुटवल ४ मा नरिश्वर शर्माको घाेषणा -‘राज्यबाट पाउने सेवा सुविधा लिन्न’

  • 2.9K
    SHARES

  • बुटवल ४ मा नरिश्वर शर्माको घाेषणा -‘राज्यबाट पाउने सेवा सुविधा लिन्न’

    बुटवल,बैशाख २७ ।

    बुटवल उपमहानगरपालिका वडा नं ४ मा वडा अध्यक्षका उम्मेदवार नरिश्वर शर्माले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ ।उहाँले समाजसेवाका लागि राजनीति गर्ने बताउनुभयो ।  

    आफूले जितेमा वडामा पार्किङ सहित बजारलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार पौडेलले चुनावी घरदैलो समापन गर्दै  मतदातासंग वडालाई व्यवस्थित र सुविधायुक्त बनाउनको लागि आफू सहित आफ्नो टिमका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको हो ।

    ‘मैले वडामा निर्वाचित भएपछि त्यसबापत् पाउने सेवासुविधा लिने छैन, उहाले भन्नुभयाे त्यो सुविधा अनाथ, असहाय, विपन्न वर्गका लागि उपयोग गर्नेछु ।’

    बुटवलका सामाजिक संघसंस्थामा सक्रिय शर्माले आर्थिक रुपमा वडालाई सम्पन्न बनाउनका लागि चरणबद्ध रुपमा योजना ल्याउने बताएको कांग्रेस बुटवल नगरसचिव छायाँ पोखरेलले जानकारी दिनुभयो ।

    सत्ता गठबन्धनको तर्फबाट वडा अध्यक्षमा शर्मा सहित महिला सदस्य पदमा पुनम थापा, दलित महिला सदस्यमा गोमा नेपाली तथा खुल्ला सदस्य पदमा अरुणकुमार श्रेष्ठ र गफुर मिया अली उम्मेदवार हुनुहुन्छ ।

    nariswor  sharma.jpg

    nc butwal 4.jpg

    बुटवल ४ को वडाध्यक्षमा कांग्रेसबाट नरिश्वर पौडेल सर्वसहमत

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology