अर्घाखाँची, बैशाख २७ ।
नेपाली कांग्रेस ससंदीय दल लुम्बिनी प्रदेशकी सचेतक निर्मला क्षेत्रीले गठबन्धन संविधानको रक्षा गर्नको लागि बनेको बताएकी छन् ।
काङ्ग्रेसको छत्रदेव गाउपालिका ८ मा कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधनका क्रमम उनले आम जनताको रगत ,पसिनाको बलले लिएको संविधानलाई नेकपा एमालेले दुर्घटनातर्फ लैजाने क्रममा आज गठबन्धनले रोक्न सफल भएको बताइन् ।
जनताको बिश्वासलाई बिच बाटोमा छोडेर संविधानको मर्मलाई कुल्चले नेकपा एमालेको प्रयासलाइ रोक्न सफल भएका छौं,संविधान मास्ने लाई भोट माग्ने अधिकार नभएको समेत दाबी गरिन् । वैशाख ३० गते हुने चुनावमा पैसाले भोट किन्न खोज्नेहरुमाथि जनता सचेत हुनुपर्नेमा बताइन् ।
उनले कांग्रेसको सबै टिम विजय हुने समेत बताइन् । छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, छत्रदेव गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष पदका उम्मेद्धार इन्दिरा भुसाल लगायतको सहभागीता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)