बुटवल,वैशाख २७ ।
गृहमन्त्री वालकृष्ण खाँणले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँ स्थित श्री स्वामिनारायण मुक्तिनाथ धाममा पुजा अर्चना गर्नुभएको छ ।
खाँणलेआज बिहानै धाममा पुगेर शिवज्याेतिर्लिंङ्गमा जलार्पणसहित पुजा आराधना गर्नुभएको हो । त्यस अवसरमा गृहमन्त्री खाँणलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शर्मा, कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार डिल्ली प्रसाद शर्मा आचार्यसहितका उम्मेदवार तथा धामका पदाधिकारी तथा सदस्यहरुले स्वागत गर्नुभएको थियो ।

साे अवसरमा खाँणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेषखाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक–अर्काको सम्मान गर्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयपनि सहभागि हुनु भएको थियो । मन्दिरमा गृहमन्त्री खाँणसंगै मेयर उम्मेदवार पाण्डेयले पनि पुजा आराधना गर्नुभएको थियो । उहाँले नगरमा कांग्रेस नेतृत्वको गठबन्धन जित नजिक रहेको दाबि गर्नुभयो ।
धाममा पुगेका नेताहरुलाई फूलमालासहित स्थानीयले न्यानाे स्वागत गरेको गाेपाल पाण्डेले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)