बुटवल,वैशाख २७ ।
पाल्पाको रामपुर नगरपालिका वडा नं १० गेझामा यस पटक इतिहास उल्टीने दावी धेरैले गरेका छन् । साविकको गेझा गाविस र अहिलेको रामपुर १० मा अहिलेसम्म सधैँ एमालेका उम्मेदवारहरुले जित्दै आएकोमा अहिले भने नेपाली काँग्रेसको उम्मेदवारले जित्ने दावी गरिएको हो ।
जनमोर्चाको भोट निणायक हुदै आएको यस वडामा विगतमा जनमोर्चाले समर्थन गर्दा एमालेले जितेकोमा अहिले जनमोर्चाले नेपाली काँग्रेसलाई समर्थन गरेकाले काँग्रेसको जित स्पष्ट देखिएको स्थानीय उपेन्द्र अधिकारीको भनाई छ । विगतमा एमालेको गढ मानिने बर्दलेबाट नै नेपाली काँग्रेसको वडा सभापति समेत रहनु भएका विजय राना वडा अध्यक्षको उम्मेदवार हुनु भएको छ ।
आफ्नै ठाउँको छिमेकी र युवा नेता उम्मेदवार भएकाले एमालेकै कतिपय कार्यकर्ता पनि विजयको पक्षमा लागेको पाइएको छ । विगतमा काँग्रेसका मतदाताहरुको भागाभाग हुने गरेको बर्दलेमा यस पटक भने काँग्रेसकै युवा कार्यकर्ताहरुको प्रभाव बढी देखिएको स्थानीयले बताएका छन् ।
मेयरमा पनि नेपाली काँग्रेसकै उम्मेदवार रमण बहादुर थापाले पुन मेयर पद जित्ने संभावना अत्यधिक भएकाले मेयरमा जस्ले जित्छ, वडामा पनि त्यसैलाई जिताउनु पर्ने अनुभव १० न वडावासीले गरेका छन् ।
यसअघि मेयरमा काँग्रेसका उम्मेदवार र वडा अध्यक्षमा एमालेका उम्मेदवारलाई जिताउँदा नगरपालिकासँग सहकार्य गर्न वडाअध्यक्षलाई समस्या भएकाले वडामा पनि मेयरकै प्यानललाई जिताउनु पर्ने निश्कर्ष वडावासीले निकालेका हुन् ।
काँग्रेस, जनमोर्चा र माओवादी सहितको गठवन्धनले वडा सदस्यहरुको उम्मेदवार पनि पार्टीगत, क्षेत्रगत र जातगत हिसावले पनि सन्तुलित गराएको छ । वडा सदस्यमा गठवन्धनको तर्फबाट रामबहादुर आले, विष्णु खाम्चा, सुनिता विक र नमनाथ कुमाल उम्मेदवार बन्नु भएको छ । दुई जना सदस्य जनमोर्चाका उम्मेदवार भएपनि निर्वाचन चिन्ह भने सबैलाई “रुख” नै दिइएको छ ।
काँग्रेसका वडा अध्यक्षका उम्मेदवार बिजय राना युवा जोस जाँगरको भएको, सवैलाई परिचालन गर्न सक्ने, सहयोगी तथा समन्वयकारी, सहासी र चिर परिचित युवा नेता भएकाले उहाँले जित्ने संभावना देखिएको स्थानीयको आँकलन छ ।
वडा अध्यक्षका उम्मेदवार रानाले जनमोर्चासँग सहकार्य गर्न आफु सफल भएकाले पनि आफुले सबैलाई मिलाएर लैजान सक्ने पुष्टि गरिसकेको दावी गर्नुभयो ।
उहाँले सवैको सहयोगमा कसैलाई पनि काखा-पाखा नगरी वडाको काम गर्न चाहेकाले समाज र समग्र १० न को बिकासको लागि एक पटकलाई मौका दिन पनि वडावासीलाई अनुरोध गर्नु भएको छ ।
वडाका कुनै पनि काम एक कलमा गर्ने उहाँको अठोटले स्थानीय बासिन्दा थप खुशी भएका छन् । उहाँले “एक कलमा काम” चुनावी अभियान नै चलाउनु भएको छ ।
वडा अध्यक्षका उम्मेदवार बिजय रानाले सार्वजनिक पुस्तकालय, जेष्ठ नागरीक विश्राम स्थल, साँस्कृति र पर्यटकीय धार्मिक स्थलहरुको संरक्षण तथा संर्वधन गर्ने ,सामुदायिक अध्ययन तथा योग साधना केन्द्र स्थापना गर्ने, सार्वजनिक निकायमा अपाङ्गता, बाल र बृद्धमैत्री बनाउने, कृषिमा अनुदान, किसानलाई सम्मान र नयाँ प्रविधि तथा औजारको प्रयोग बढाउने, १० न वाडका सम्पुर्ण भित्री सड्कहरुको स्तर उन्नतिको लागि पहिले पक्की नाली तथा ग्राबलको ब्यवस्थापन गर्ने तया कालो पत्रे निर्माणको लागि केन्द्र सरकार सङग समन्वय गर्ने , कालिगण्डकी करिडोर सडकको कलात्मक ब्यवस्थापन गरी सडकको दायाँ बायाँ बृक्षारोपण गरि पार्क निमाण गर्ने , खाने पानी र सिंचाइको अभाव मा रहेका १० न वाडका टोलहरुमा पहिले खाने पानी र सिंचाइ लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना बनाउनु भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)