Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमा १३ मा अटोभिलेज बनाउने एमालेको योजना

तिलोत्तमा १३ मा अटोभिलेज बनाउने एमालेको योजना

  • 3.4K
    SHARES

  • तिलोत्तमा १३ मा अटोभिलेज बनाउने एमालेको योजना

    तिलोत्तमा, वैशाख २६ ।

    नेकपा एमालेले तिलोत्तमा नगरपालिकाको वडा नं. १३ मा अटोभिलेज स्थापना गरिने जनाएको छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा पार्टीको नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्रमा वडा नं. १३ को तिनाउ नदी उकास क्षेत्रमा अटोभिलेज स्थापना गरिने उल्लेख गरिएको छ ।

    वडा नं. १४ को तिनाउ नदी उकास क्षेत्रमा प्रस्ताव गरिएको प्रादेशिक बस टर्मिनल नजिकैं अटो भिलेज स्थापना गरिने एमालेले जनाएको छ । अटो भिलेज निर्माणले स्थानीय स्तरमा रोजगारीका अवसर  सिर्जना गर्नुको साथै उद्यमशीलताको विकास समेत गर्नेछ ।

    यस्तै एमालेले वडा नं. १० मा तिलोत्तमा औद्योगिक ग्रामलाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता समेत जनाएको छ । औद्योगिक ग्रामलाई निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालनमा ल्याइने एमालेका उम्मेदवारहरुले बताएका छन् । यसैगरी वडा नं. १४ मा प्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न भएकोमा आगामी एक वर्षभित्र सिटिइभिटीबाट सम्बन्धन ल्याइ सञ्चालन गरिने पनि एमालेले प्रतिबद्धता जनाएको छ ।

    प्रत्येक वडामा कम्तिमा एउटा पार्क बनाइने, तिनाउ तथा रोहिणी नदी किनारका शवदाह स्थलहरुलाई वातावरणमैत्री शवदाह गृहको रुपमा व्यवस्थित गरिने पनि एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

    तिनाउ, कानपारा, रोहिणी, सुखौरालगायतका नगरका विभिन्न ठाउँमा भइरहेको नदी कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माण गरी आवश्यक रोकथामको व्यवस्था गरिने नगरपालिकाभित्र हुने डुबान क्षेत्रको पहिचान गरी यसको उपयुक्त समाधानका लागि अध्ययन गरी डुबान नियन्त्रणको समुचित व्यवस्था गरिने पनि एमालेले जनाएको छ ।

      यसैबीच तिलोत्तमामा नेकपा एमालेका उम्मेदवारहरुले नगरबासीको सर्वोपरी हितमा काम गरी “समृद्ध नगर ः खुसी नगरबासी” को आकांक्षालाई पूरा गराउन आफूहरुलाई मत दिन तिलोत्तमाका मतदातासँग आग्रह गरेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology