भैरहवा, बैशाख २५ ।
नेपाली कांग्रेस र माओबादी केन्द्र गठबन्धनले आज भैरहवामा चुनावी सभा गर्दैछन् । सभालाई कांग्रेस केन्द्रीय सदस्य एवं प्रभावसाली नेता बालकृष्ण खाण लगायतका नेताहरुले सम्बाेधन गर्ने कार्यक्रम छ ।
सभा पुुर्व गठबन्धनले दिउसो २ बजे बुद्धचोकबाट र्याली निकालिने छ। र्याली बुद्धचोक हुदै मिनलचोको स्थित मैत्री पथमा पुुगेर सभामा परिणत हुुने नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्काले जानकारी दिए । गठबन्धनले नगरका १३ बटै बडामा घरदैलो सम्पन्न गरी कोण सभा गर्न लागेको हो । सभाकोलागी तयारी तिव्र पारीएको सभापति खड्काले जानकारी दिए ।
यता सिद्धार्थ नगर पालीकाका कांग्रेसका मेयर पदका उम्मेदवार ईस्तियाक अहमद खाने फोहोर मैला ब्यबस्थापन र पार्किङ्गको समस्या समाधान गर्न पहीलो प्राथमीकतामा राखेर काम गर्ने बताएका छन् ।
बडा नं ४ र २ मा घरदैलोको क्रममा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रबेसद्धार, पर्यटकीय नगरीमा फोहोर मैलाको ब्यबस्थापन हुन नसक्नु दुुःखद रहेको भन्दै उनले फोहोरलाई मोहोरमा बदल्ने गरी योजना बनाएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका हुन् । गठबन्धनको तर्फबाट माओबादी केन्द्रकी उपमेयरकी उम्मेदवार कमला थापा मिलाका समस्या समाधाना बिषेस ध्यान पुर्याउने बताईन ।
उनले प्रत्येक सडक किनारमा हरियाली कायम हुने गरी विरुवाहरु लगाइने बताउदै सिद्धार्थनगरलाई सधंै हराभरा राख्ने सरकारी सार्वजनिक तथा नीजि भवनको छेउछाउमा विरुवा लगाउने व्यवस्था गर्ने बताईन् । त्यसकोलागी आवश्यक पर्ने विरुवा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता उनले जनाईन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)