Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देशले निकास नपाएसम्म गठबन्धन कायमै रहन्छ : तरुण दल अध्यक्ष गुरुङ

देशले निकास नपाएसम्म गठबन्धन कायमै रहन्छ : तरुण दल अध्यक्ष गुरुङ

  • 3.3K
    SHARES

  • देशले निकास नपाएसम्म गठबन्धन कायमै रहन्छ : तरुण दल अध्यक्ष गुरुङ

    पर्वत, बैशाख २६ ।

    नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङलाई  पर्वतको कुश्मा नगरपालिका ८ चुवामा बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । गुरुङ केन्द्रिय अध्यक्ष बनेकोमा नेपाली काँग्रेस वडा कार्यासमिति चुवाले सम्मान सहित बधाई ज्ञापन गरेको हो ।

    पर्वतमा लामो समय सम्म राजनीति गर्दै तरुण दलको जिल्ला अध्यक्ष, केन्द्रिय कोषाध्यक्ष हुँदै हाल अध्यक्ष बन्नुभएकोमा नेपाली काँगे्रस चुवाले सम्मान सहित बधाई ज्ञापन गरेको छ ।

    नेपाली काँग्रेस कुश्मा नगरपालिका ८ चुवाका सभापति लक्ष्मण पौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका तरुण दलका अध्यक्ष बिद्धान गुरुङले गठबन्धनको आयू लामो हुने बताउनुभयो । उहाँले देशलाई संकटबाट जोगाउन, संविधानको रक्षा गर्न, देशको लोकतन्त्र जोगाउन गठबन्धन बनेको बताउँदै यसको आयू लामो हुने बताउनुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली निरकुंश बन्न थालेपछि गठबन्धन बनेको कुरालाई पाँच दलले बुझेको बताउँदै गुरुङले गठबन्धन विशेष परिस्थितीले बनेको बताउनुभयो ।

    स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उहाँले नेपाली काँग्रेस र तरुणदलका कार्यकर्तालाई आव्हान गर्नुभयो ।

    गठबन्धनले हा¥यो भने देशले हार्छ भन्ने कुरा सबैले बुझिसकेको गुरुङले बताउनुभयो । ओली सरकार हुँदा कोभिडका विरामीहरुले सिटामोल समेत खान नपाएको स्थिती रहेको र काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि खोप अभियानले तिब्रता पाएको उहाँले स्मरण गर्नुभयो ।

    कोरोनाको बेला औषधीमै कमिसन खाने काम गरेको भन्दै उहाँले एमाले नेतृत्वको आलोचना गर्नुभयो । तरुण दलका अध्यक्ष गुरुङले नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकार लाई सफल बनाउने काममा जुट्न काँग्रेसका कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

    पर्वतका सातै पालिका र ६१ वडा मात्रै नभै देशभरीका सबै पालिका र वडामा गठबन्धनलाई जिताउनका लागि तरुण दलले रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डा. चुडामणी शर्मा, क्षेत्रीय सभापति राजकुमार क्षेत्री, चुवाका वडाध्यक्षका उम्मेदवार सुरेन्द्र केसी, नेपाली काँग्रेस चुवाका सहसचिव राजेश शर्मा, कार्यक्रम मुल संयोजक देविप्रसाद पोखरेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव ज्ञानेन्द्र केसीले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology