बुटवल,बैसाख २६ ।
शिव राना सामाजिक क्षेत्रमा पनि परिचित नाम हो । उनी बुटवलमा सबैभन्दा कान्छा वडाध्यक्षका उम्मेदवार हुन् । स्थानीय निर्वाचनमा ठुला पार्टीहरुले युवालाई स्थान दिनुको साटो उहीँ र पुराना उम्मेदबार दोहोर्याउने काम गरिरहेका बेला बुटवल उपमहानगरपालिकामा वडा नं १५ मा नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदमा २९ वर्षिय राना उम्मेदबार छन् ।
ओभरसियर अध्ययन गरेका उनी लाेकप्रिय छन् । युवामाझ सामाजिक क्षेत्रमा क्रियाशिल रहेका युवा राना पार्टीमा समेत विभिन्न पदमा रहेर योगदान गरे । उनको यही योगदानको मुल्याकन गर्दै पहिलो रोजाईमा उनि आफुलाई नेतृत्वमा पार्न सफल भएका छन । यस क्षेत्रमा खेलकुदसंगै सामाजिक कार्यमा अग्रसर रहेको फुलबारी गाईज, रुपन्देही पुल तथा स्नुकर संघ, नवरात्रा महोत्सव समिति चंकीपुर सहित एक दर्जन बढी क्लबहरुमा समेत उनको लामो योगदान रहेको छ ।
यसैगरि नेपाली काग्रेस पार्टीका तरुण दल वडा सभापतिको भुमिकाका साथै पार्टीको क्षेत्रिय प्रतिनिधिसमेत हुन । उनी कानुनका बिद्यार्थी समेत हुन् ।
वडाबासीको घरदैलोमा मत माग्दै हिडेका उनि वडालाई ब्यवसायीक केन्द्र बनाउने, मुक्तिधामलाई पर्यटकिय धामका रुपमा विकास गर्ने, सो वडाका गुम्बा, चर्चको संरक्षण, सुरक्षाका लागि चोकचोकहरुमा सिसिटिभी क्यामरा जडान, खेलकुद पुर्वाधार, चक्रपथको निमार्ण, जेष्ठ नागरिक केन्द्रलाई ब्यवस्थित र हरियाली पार्किङ निमार्र्ण, अब्यस्थित बसोबासीलाई ब्यवस्थित, विद्यालयहरुलाई अपाङमैत्री पुर्वाधार कार्यान्वन गर्ने योजनाहरु सुनाउदै अघि बढेका छन । वडाका दुई वटा खेलकुद मैदानलाई स्तरोन्तती र कृषिलाई आधुनिक बनाउने योजना रहेको उनले नागरिक अनलाइनसंग बताए ।
यसैगरि युवा स्वरोजगार, उद्यमसिलताको विकास, ब्यवस्थित र ब्यवसायिक कृषिको वडामा योजना ल्याउने, सिचाई, उद्योगहरुलाई ब्यवस्थित गर्ने, मुक्तिघाट शवदाह गृहलाई ब्यवस्थित गर्ने जस्ता मसिना योजनाहरु उनको घोषणापत्रमा उल्लेख छ ।
‘घरदैलाैमा जाँदा अथाह माया पाएको छु,युवा पुस्ताबाट विकास र परिवर्तनको अपेक्षा गर्नुभएको छ मैले उहाँहरुको चाहाना पूरागर्नेछु,जित नजिक छु ‘उनले भने ।
सो वडामा ३ हजार ३ सय ९९ सय मतदाता रहेका छन ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)