Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘यो गठबन्धन आएपछि पैसा छैन मात्रै भन्छ ‘कस्तो अलच्छिन पस्यो देशमा ’ : केपी शर्मा ओली

‘यो गठबन्धन आएपछि पैसा छैन मात्रै भन्छ ‘कस्तो अलच्छिन पस्यो देशमा ’ : केपी शर्मा ओली

  • 2.6K
    SHARES

  • ‘यो गठबन्धन आएपछि पैसा छैन मात्रै भन्छ ‘कस्तो अलच्छिन पस्यो देशमा ’ : केपी शर्मा ओली

    बुटवल,बैसाख २५ ।

    पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार बनेपछि देशमै अलच्छिन पसेको टिप्पणी गरेका छन् । आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले पैसा छैन भन्दै विकासे आयोजनाका बजेट काटेको भन्दै एमालेले कहिल्यै पैसा छैन नभनेको दावी गरे ।

    ‘यो बाटो चौडा गर्न पैसा छैन भनेन, मेडिकल कलेजका लागि पैसा छैन भनेन’, उनले भने ‘अर्को सभागृहका लागि पैसा छैन भनेन, अरु बाटाहरु र नदी नियन्त्रणका लागि पैसा छैन भनेन ।’  उनले एमाले नेतृत्वको सरकारले देशभरका विकास निर्माणका काममा पैसा छैन भनेर नभनेको भन्दै भने, ‘यो गठबन्धन आयो पैसा छैन मात्रै भन्छ ।’

    उनले कस्तो अलच्छिन पस्यो देशमा भनेर प्रश्न गरे । ‘कस्तो अलच्छिन पस्यो देशमा ?  देशमै अलच्छिन पस्यो । यो ३० गतेको निर्वाचनले यस अलच्छिनलाई जरैसमेत उखेलेर र टकटक्याएर फाल्नुपर्छ’, ओलीको टिप्पणी छ । उनले वैशाख ३० गतेको निर्वाचनले फ्याक्ने कामको सुरुवात हुने पनि उनले बताए । उनले आफु देशभरका कार्यक्रममा जाँदा जनताले मुलुकमा पाँच दलीय गठबन्धन छ भन्ने नै थाहा नभएको भन्दै एमाले मात्रै छ भन्ने जनताले बुझेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology