बुटवल,बैसाख २५ ।
बुटवलका अटो तथा विद्युतीय रिक्सा चालकहरु गठबन्धनको पक्षमा रहेको बताएका छन । पाँच वर्षको अवधीमा विद्युतीय रिक्सा चालकको पक्षमा स्थानीय सरकारले ब्यवस्थापन भन्दा विवादित काम गरेको भन्दै अहिलेको निर्वाचनमा आफुहरु गठबन्धनको पक्षमा रहेको उनिहरुले बताएका छन्।
शनिबार गठबन्धनको पक्षमा रहेको भन्दै बुटवलमा विद्युतीय रिक्सा चालकहरुले प्रर्दशन समेत गरेका थिए । बुटवलमा २०७१ साल पछि विद्युतीय रिक्सा भित्रिन सुरु गरेको हो ।
२०७२ को नाकाबन्दीको समयमा विद्युतीय रिक्साले बुटवलमा महत्वपूर्ण भूमिका खेले पनि स्थानीय सरकार आएपछि ब्यवस्थापन भन्दा पनि चालकका बिचमा विवाद सृजना गर्ने काम गरेको नेपाल अटो टेम्पु तथा ई–रिक्सा चालक संघ बुटवलले बताएको छ ।
गठबन्धन तर्फ मेयर पदका उम्मेदवार खेलराज पाण्डेय र उपमेयर पदका उम्मेदवार चिन बहादुर गुरुङ मजदुरको पक्षमा रहेकाले यस पटक गठबन्धनलाई जिताउने नेपाल अटो टेम्पु तथा रहेको ई–रिक्सा चालक संघ बुटवलका अध्यक्ष उदय परियारले बताए ।
कोरोना महामारीको समयमा अति आवश्यक खाद्यान्न पदार्थ बोक्दा समेत नगर सरकार र ट्राफिक प्रहरीले आफुहरुलाई दुख दिएको उनले गुनाशो पोखे । गठबन्धन तर्फ नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले साना ब्यवसायीको संरक्षण र ठुला ब्यवसायीलाई सम्मान गर्ने नीति रहेको बताए । आफुहरु निर्वाचित भए ई–रिक्सा दर्ता , नविकरण तथा हाट बजार ब्यवसायीलाई लाग्दै आएको कर घटाउने आश्वासन दिए ।
उपमेयर पदका उम्मेदवार चिन बहादुर गुरुङले ई–रिक्सा ब्यवसायीको समस्या आफुलाई थाहा भएको र आफुहरु निर्वाचित भएपछि सामाधान हुने बताए ।
ई–रिक्साले गर्दा एक वडाबाट अर्काे वडामा जानको लागि यात्रुलाई सहज भएको बताउँदै राज्यले विद्युतीय सवारीलाई प्राथमिकता दिए पनि स्थानीय सरकारले हेर्ने दृष्टिकोण ठिक नभएको बताउनु भयो । गठबन्धनको बिजयी हुने वित्तिकै बुटवलमा ई–रिक्साको सही ब्यवस्थापन र सामाधान हुने उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)