बुटवल,बैसाख २४ ।
गृहमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले राजधानी सार्नेपार्टी एमालेलाइ भोट नदिन आग्रह गर्नुभएको छ ।
बुटवलबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी सार्नेहरुलाई भोट दिन नहुने बताउनुभयो । बुटवलमा शनिबार आयोजित गठबन्धनको चुनावी आमसभालाइ सम्बोधन गर्दै खांंणले जनआन्दोलनमा निभाएको क्रान्तिकारी भूमिकालाई हेरेर कांग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको तर एमालेले राजधानी दाङ पु¥याएको उहाको आरोप छ ।
उहाले भन्नुभयो –‘ यसअघि स्थायी राजधानी बुटवल नै बनाउँछौ भनेर भोट मागेकाहरुले राजधानी कहाँ पु¥याए ? अब राजधानी सारेको ठीक हो भनेर भोट दिने कि गलत हो भनेर नदिने सोच्ने बेला भएको छ ।’
उहाले एमाले उपाध्यक्ष विष्णु पौडेलप्रति कटाक्ष गर्दै सुकुम्बासीको नाममा आफैंले बुटवल र काठमाडौंमा जग्गा लिएको आरोप लगाउनुभयो ।
‘सुकुम्बासीलाई व्यवस्था गर्नुभयो कि आफ्नो व्यवस्था गर्नुभयो ?’ खाँणले भन्नुभयो, ‘सुकुम्बासीको हैन आफ्नो नामको लालपुर्जा हातमा आयो,बुटवलमा मात्र होइन काठमाडौंमा पनि । ’ उहाले नेपाली राजनीतिमा शान्ति सम्झौता भएदेखि नै गठबन्धनको संस्कृति सुरु भएको र ओलीले दुई पटकसम्म संसद विघटन गरेपछि पुनः गठबन्धन भएको बताउनुभयो ।
उहाले रुपन्देही सहित देशभर गठबन्धनलाइ जिताउन आग्रह गर्नुभयो । रुपन्देहीमा खेलराज पाण्डे जत्तिको क्रियाशील उम्मेदवार नभएको भन्दै गृहमन्त्री खाँणले पार्टीभित्र वैचारिक मतभिन्नता भएपनि बुटवलको प्रतिष्ठा जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । तिलोत्तमामा रामकृष्ण खांण नेतृत्वलाइ बिजयी गराउन उहाको आग्रह छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)