Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘गठबन्धन राष्ट्रिय आवश्यकता हो’ : प्रधानमन्त्री शेरबहादुर देउवा

‘गठबन्धन राष्ट्रिय आवश्यकता हो’ : प्रधानमन्त्री शेरबहादुर देउवा

  • 3.2K
    SHARES

  • ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो’ : प्रधानमन्त्री  शेरबहादुर देउवा

    बुटवल, बैशाख २४ । 

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । देशमा स्थायित्व र विकासका लागि अहिलेको गठबन्धन ऐतिहासिक रहेको उहाले दाबी समेत गर्नुभयो । 

    गठबन्धनका पार्टीहरु बिच कुनैपनि शंका उपशंका नगरिकनै भाट हाल्न आग्रह गर्नुभयो । देशको स्थायी विकास गर्न, सुकुम्वासीहरूको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरु जोगाउन पनि गठबन्धन बनाएको उहाको भनाइ ।  ‘गठबन्धनबिना कसैको पनि बहुमत आउन सक्दैन,यो राष्ट्रिय आवश्यकता हो,राष्ट्रले मागेको कुरा हो,बिकास र संविधान रक्षाका लागि गठबन्धन बनाईएको हो ।’उहाले भन्नुभयो ।

    पाँच दलीय सत्ता गठबन्धनले शनिवार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहनुभएका देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीका गलत कार्यविरुद्ध बनेको अहिलेको गठबन्धन वर्षौं पु¥याउन आवश्यक रहेको बताउनुभयो  । ‘गठबन्धनलाई टिकाउन गठबन्धनबाट उठेका स्थानीय तहका उम्मेदवारहरूले जित्नुपर्छ ,जिताउनुपर्छ ,’उहाले भन्नुभयो , ‘प्रजातन्त्र बचाउने वाचाका साथ बनेको हो गठबन्धन ।’
    अहिलेको सरकार बनेपछि विदेशी सहायता र अनुदान बढेको देउवाको दाबी छ । उहाले भन्नुभयो, ‘हामीले ऋण लिएर विकास गर्ने होइन, अनुदान लिएर हो । अहिले शक्ति राष्ट्रको अनुदानका सहयोग बढेको छ ।’ 
    देउवाले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को सहयोगमा बन्ने विकास आयोजनाले सबैभन्दा बढी फाइदा यस क्षेत्रमा हुने देउवाको भनाइ छ ।

    ‘एमसीसीको बजेटबाट बुटवल, भैरहवा हुँदा दाङको भालुवाङसम्म विभिन्न परियोजनाले यस क्षेत्रलाई बढी फाइदा पु¥याउँछ,’ उहाले भन्नुभयो ।  उहाले बुटवलमा गठबन्धन जिताउन सबैलाइ आग्रह गर्नुभयो ।

    बुटवलको समस्याका रुपमा रहेका सुकुम्बासी समस्या समाधान आफूहरूको सरकारले गर्ने उहाको भनाइ छ ।
    देशका बिभिन्न भागमा पक्की बाटो बनाउनु छ,विकास गर्नुछ,देशलाइ समृृद्धीको यात्रामा अगाडी बढाउनु छ,स्थायी शान्ति,प्रजातन्त्र,गणतन्त्रलाइ स्थायी रुपमा अगाडी बढाउन गठबन्धन आवश्यक रहेको छ । उहाले भन्नुभयो ।
    एमाले अध्यक्ष ओलीले दुई–दुई पटक संसद विघटन गरेको आरोप लगाउदै उहाले सरकारमा रहदा ओलीले जनता र कर्मचारीदेखि सबैलाई डरत्रास दिएर थर्काएर हिँडेको स्मरण गराउनुभयो । 
    उहाले बुटवलवासीलाई नेकपा एमालेका उम्मेदवारलाई मत नदिन आग्रह गर्नुभयो । उहाले भन्नुभयो  –‘ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? संसद् विघटन गरेको गरेकै गर्नुभयो , अदालतले न्याय गरेर संसद् पुनःस्थापना ग¥यो तर चल्न दिएको छैन ।’ उहाले देशभर गठबन्धनका सबै साथीहरुलाइ जिताउन आग्रह गर्नुभयो । 

    स्थानीय तहको चुनावबाटै एमालेलाइ रोक्नुपर्छ : रामचन्द्र पौडेल

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले संसद विघटन गरेर अस्थिरता ल्याएकाले उसलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने बताउनुभएको छ ।
    नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक स्थिरता खल्बल्याउने निमित्त नायक भएको आरोप लगाउनुभयो । उहाले ओली र उनका अनुयायीलाई स्थानीय, प्रदेश र संघ गरी तीनै तहका चुनावमा पराजित गर्नुपर्ने बताउनुभयो  ।

    ‘एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ’ ओलीकै कारण संसद, अदालत, संवैधानिक निकायमा अस्थिरता निम्तिएको उहाको भनाइ छ ।

    ओलीले तत्कालीन राजा महेन्द्र र ज्ञानेन्द्रले जस्तै राष्ट्रवादको नाममा प्रतिगमन गरेर ठगेको पौडेलको आरोप छ । ‘दिउसो चुच्चे नक्सा देखाउने राति भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयलसंग लम्पसार पर्ने’, पौडेलले भन्नुभयो , ‘महेन्द्रले पनि राष्ट्रवादको नाममा ठगेका थिए, ओलीले पनि ठगेका छन् ।’

    नेता पौडेलले जनताको घर घरमा पुग्ने, अस्पतालको बेड बेडमा पुग्ने सबैको अगाडि सजिलै उपलब्ध हुने गठबन्धनका उम्मेदवार खेलराज पाण्डे जस्तै मेयर चाहिएको बताउनुभयो  ।

    DEUWA.jpg

    कांग्रेस प्रबक्ता प्रकाशशरण महतले गफ भन्दा कामका पछि लाग्न आग्रह गर्दै गठबन्धनलाइ जिताउनुपर्ने बताउनुभयो ।

    सो अबसरमा गृहमन्त्री बालकृष्ण खांणले गठबन्धन नै अहिलेको आवश्यकता रहेको बताउनुभयो ।  कार्यक्रममा समाजबादी नेतृ रामकुमारी झांक्री,राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली,माओबादीका स्थायी कमिटि सदस्य चक्रपाणी खनाल बलदेब,जसपाका नेता नवराज सुबेदी,मेयरका उम्मेदबार खेलराज पाण्डे,उपमेयरका उम्मेदबार चीनबहादुर गुरुङ, माओबादी रुपन्देही प्रमुख निर्मल जिसी,कांग्रेस नेता युवराज गिरि लगायतले बोल्दै बुटवलमा गठबन्धनको जीत पक्का रहेको धारणा राख्नुभयो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology