Logo बुधवार, श्रावण १३ गते २०८३
images

महिलालाई महानगरमा जिताएर पुरस्कार दिनुपर्छ : प्रधानमन्त्री शेरबहादुर देउवा

महिलालाई महानगरमा जिताएर पुरस्कार दिनुपर्छ : प्रधानमन्त्री शेरबहादुर देउवा

  • 2.5K
    SHARES

  • महिलालाई महानगरमा जिताएर पुरस्कार दिनुपर्छ : प्रधानमन्त्री शेरबहादुर देउवा

    काठमाडौं, वैशाख २३ ।

    प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महानगरपालिका प्रमुखमा महिला उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ।  सत्ता गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले छ महानगरमध्ये दुई जना महिलालाई जिताउन आग्रह गर्नुभयो। 

    ‘‘राजधानीमा महिला उम्मेदवारलाई हराएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले के भन्ला ?,’’ प्रधानमन्त्री देउवाले भन्नुभयो। महिलालाई महानगरमा जिताएर पुरस्कार दिनुपर्ने उहाँको भनाइ छ। ‘‘राम्रो काम गर्ने महिलालाई पुरस्कार दिनुपर्नेमा हराउने काम गरेर हुन्छ’’, उहाँले भन्नुभयो।   

    उहाँले काठमाडौंको प्रमुखमा सिर्जना सिंहलाई र भरतपुरको प्रमुखमा रेनु दाहाललाई जिताउन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले सिर्जनाले काठमाडौंमा फोहोर समस्या रहेकोले प्रमुख जितेको छ महिनाभित्र व्यवस्थापन गरिने बताउनुभयो ।

     त्यस्तै, उहाँले बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरु गठबन्धनको विरोधमा उत्रिएको पनि बताउनुभयो ।  ‘‘हाम्रै पार्टीका केही मान्छेले बखेडा खडा गरेका छन् । हिजो बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने को को हुन् ?,’’ उहाँले भन्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology