Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वाराअस्वीकार

आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वाराअस्वीकार

  • 2.3K
    SHARES

  • आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वाराअस्वीकार

    काठमाडौं, वैशाख २३ ।

    सर्वोच्च अदालतले मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

    शुक्रबार न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमको रिटमा सुनुवाइ गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको हो ।

    जिल्ला अदालतको आदेशविरुद्ध आलम उच्च अदालत जनकपुरको अस्थायी इजलासमा पुगेका थिए ।उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो ।

    आलम जिल्ला र उच्च अदालतको आदेश उल्ट्याइ साधारण तारेखमा छाड्ने आदेश माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

    विसं। २०६४ चैत २७ गते संविधानसभा निर्वाचनपूर्व आलमद्वारा बम विस्फोट गराइएको र घाइतेहरूलाई इँटाभट्टामा हालेर हत्या गरिएको पुष्टि भएको थियो  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology