Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तरुण दल तिलोत्तमा २ को रक्तदानमा ५१ युनिट रगत संकलन

तरुण दल तिलोत्तमा २ को रक्तदानमा ५१ युनिट रगत संकलन

  • 2.1K
    SHARES

  • तरुण दल तिलोत्तमा २ को रक्तदानमा ५१ युनिट रगत संकलन

    तिलोत्तमा,बैसाख २३ ।

    नेपाल तरुण दलले तिलोत्तमा २ मा रक्तदान कार्यक्रम गरेको छ । निर्वाचनको मिति नजिकिसंगै रगत अभाबलाइ कम गर्न रक्तदान कार्यक्रम गरिएको हो ।

    तरुण दलका वडा सभापति हिमाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका तिलोत्तमा नगरमा कांग्रेसबाट मेयरका उम्मेदवार रामकृष्ण खांणले कांग्रेसले सामाजिक सेवा गरिरहने बताए ।

    blood.jpg

    उनले युवा पुस्ता नेपाली कांग्रेसको उर्जा भएको भन्दै समाज रुपान्तरणका लागि कांगे्रसलाइ जिताउन आग्रह गरे । उनले रक्तदान महान काम भएको भन्दै कसैको जीवन बचाउन रगतदान गर्नु सकारात्मक कदम भएको धारणा राखे । कार्यक्रममा ५१ जनाले रगतदान गरेको नेपाल तरुण दलले जनाएको छ ।

    कार्यक्रममा जिल्ला सदस्य कमला पाण्डे, प्रदेश २ क राममाया पौडेल,नगरसभापति हरिलाल पाण्डे,वडा न २ का सभापति पूर्णबहादुर खत्री लगायतले बोलेका थिए । कार्यक्रममा कांग्रेसका भातृ संगठनका सदस्य,शुभेच्छुक तथा स्थानीयले रक्तदान गरेका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology