Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा २५ गते एमालेको चुनावी सभा,अध्यक्ष ओलीले सम्वोधन गर्ने 

बुटवलमा २५ गते एमालेको चुनावी सभा,अध्यक्ष ओलीले सम्वोधन गर्ने 

  • 2.2K
    SHARES

  • बुटवलमा २५ गते एमालेको चुनावी सभा,अध्यक्ष ओलीले सम्वोधन गर्ने 

    बुटवल,बैसाख २३।

    नेपाल कम्युनिष्ट पार्टी एमालेले बैसाख २५ गते बुटवलमा चुनावी सभा गर्ने भएको छ ।

    चुनावी सभालाई सम्वोेधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने निधो भएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले बताउनुभयो ।

    रुपन्देही जिल्ला स्तरीय सभामा कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुस सहित सहभागी हुनेछन् । देवीनगर स्थित खुला मैदानमा आयोजना हुने आमसभामा रुपन्देही जिल्लाका सवै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको नेकपा एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

    एमालेले चुनावी सभाको तयारी शुरु गरिसकेको छ । सवै पालिकाहरुले टोलटोलबाट जनसहभगिताका लागि काम शुरु गरिसकेको बताएका छन् ।  चुनावी सभालाई अध्यक्ष केपी ओली,उपाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका नेताहरुले सम्वोधन गर्ने नेकपा एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology